• जीवनशैली | Jiwanshaili
  • ७६० जनामा कोरोना पुष्टि, एक जनाकाे मृत्यु


    नेपालमा पछिल्लो २४ घण्टामा २५८९ जनामा पिसिआर परिक्षण गर्दा ४९४ जना र ३३३७ जनामा एन्टीजेन परिक्षण गर्दा २६६ जना गरी जम्मा ५९२६ नमुनाको परीक्षण गर्दा ७६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ७१ हजार २५० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणवाट ११९६९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस