• जीवनशैली | Jiwanshaili
  • मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध


    पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध भएको छ ।

    चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेका कारण आज शुक्रबार बिहान २ बजेदेखि सडक पुर्णरुपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    दुई वटा डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको र सबै पहिरो हटाएर बाटो खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ ।

    रोकिएका सवारी साधनको राजमार्गमा लामो लाम लागेको छ ।


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस