• जीवनशैली | Jiwanshaili
  • हिमालय एअरलाइन्स्द्वारा चीनको छिङदाओमा कूटनीतिक चार्टर उडान सञ्चालन 


    साउन २५, २०७९, काठमाडौँ, नेपाल ।
    हिमालय एअरलाइन्स्द्वारा चीनको छिङदाओमा कूटनीतिक चार्टर उडान सञ्चालन गरेको छ ।
    परराष्ट्र मन्त्री डा। नारायण खड्काको औपचारिक भ्रमणका लागि हिमालय एअरलाइन्स्द्वारा कूटनीतिक चार्टर उडान गरेको हो । परराष्ट्र मन्त्रालयको अनुरोधमा हिमालय एअरलाइन्स्ले परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको एघार सदस्यीय प्रतिनिधिमण्डल लिएर छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
    हिमालयको एअरबस उडान नं  ७२२० ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार मंगलवार राति ११:०७ बजे  मा प्रस्थान गरेको थियो भने छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार बिहान ७ः५५ बजे  अवतरण गरेको छ ।

    छिङदाओको दुई दिने औपचारिक भ्रमणपछि साउन २६ गते अपराह्न ४ः५० मा काठमाडौँ अवतरण गर्ने कार्यक्रम छ ।

    सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाई यात्रा दुवै देशले लागु गरेका विभिन्न यात्रा प्रतिबन्ध पश्चात् ठप्प भएको थियो । यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतातर्फ फर्किएपछि, हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रूपमा एउटा उडानका साथ सेवा सुरु गरेको थियो ।
    काठमाडौँबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एअरलाइन्स्ले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर उडान सञ्चालन गरेको हो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस