• जीवनशैली | Jiwanshaili
  • कोरोना संक्रमणबाट एकै दिन पाँच जनाको मृत्यु


    काठमाडौं, २६ साउन

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो ।

    यस्तै, पछिल्लो एक दिनमा आठ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ४५ सय ३४ जनाका गरिएको नमूना परीक्षणमा आठ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार नेपालमा हाल पाँच हजार आठ सय ६९ जना संक्रिय कोरोना संक्रमित छन् ।

    हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ८२ जनाले ज्यान गुमाइसकेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस