• जीवनशैली | Jiwanshaili
  • देशभर थपिए ५४२ जना संक्रमित


    काठमाडौं, २ साउन

    नेपालमा पछिल्लो २४ घन्टामा ५४२ कोरोना संक्रमण थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५४२ जनामा संक्रमण पुष्टि भएको हो । ४ हजार ९३० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

    २ हजार ८२ जनाको पिसिआर र २ हजार ८४८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । आज थपिएकासँगै देशभर ५२६५ जना सक्रिय संक्रमित रहेका छन् ।

    सोही अवधिाम ४२१ जना संक्रमित निको भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस