• जीवनशैली | Jiwanshaili
  • नेपालमा ६२३ जनामा कोरोना संक्रमित थपिए


    काठमाडौं, ३ साउन

    पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९४५ जनामा परीक्षण गर्दा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४८७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

    हाल देशभर सक्रिय संक्रमित ५ हजार २४ जना रहेका छन् ।


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस