• जीवनशैली | Jiwanshaili
  • काठमाडौंका मेयर बालेन शाहबिरुद्ध नाराबाजी


    ठमाडौं, ७ भदौं

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिरुद्ध नाराबाजी भएको छ ।

    फुटपाथमा बसेर व्यवसाय गर्दै आएका व्यापारीहरूले काठमाडौं महानगरपालिका मेयर शाह बिरुद्ध नाराबाजी गरेका हुन ।

    फुटपाथ व्यवस्थापनको नाममा महानगरले साना व्यापारीको रोजीरोटी खोसेको भन्दै ज्ञापनपत्र बुझाउन गएका ब्यापारीहरुले काठमाडौं महानगरपालिका परिसरमा नाराबाजी गरेका हुन ।

    सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने, सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने र महानगरबाट भइरहेको अमानवीय व्यवहार बन्द गर्नुपर्ने तीनवटा माग राखेका छन् ।

    महानगरका मेयर शाहबिरुद्ध सम्भवत: पहिलोपटक नाराबाजी भएको हो ।


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस