सिंगारिए बाल कक्षा कोठा
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको पोखरीस्थित सरस्वती आधारभुत विद्यालयको बाल कक्षा कोठामा भित्ते चित्र लेखन गरिएको छ । विद्यालयका पूर्वविद्यार्थी हरि राईको संयोजनमा क्लब हाउसको द स्पिकर क्लव अन्तरगत न्यूजगफकोतर्फबाट बाल कक्षा कोठाको भित्तामा चित्र लेखन गरिएको हो ।
बाल कक्षा कोठाको भित्तामा सरस्वती, कृष्ण, नेपालको राष्ट्रिय झण्डा, सगरमाथा, रुख सर्प, पुतली लगायतका चित्र पेन्टिङ गरेर बनाइएको छ ।बालबालिकालाई कक्षा कोठामा आकर्षित गर्दै बौद्धिक विकासमा सघाउ पुर्याउनका लागि भित्तामा विभिन्न रंगका चित्र कोरिएको न्यूजगफ केशवप्रसाद बोहोराले बताए ।
‘क, ख र ए, बी,सी, डी’ छिटो सिक्ने वातावरण सिर्जना गर्ने उद्देश्यले दुई दिन लगाएर बाल कक्षा कोठाको भित्तामा आकर्षक चित्र कोरिएको हो । बालबालिकालाई सहजरुपमा बस्नका लागि कक्षाकोठाको भुँइमा कारपेट तथा फम ओछ्याइएको छ ।
भित्ते चित्र लेखन गरिएको कक्षा कोठा नगरपालिका प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई, वडाध्यक्ष नवराज राईलगायतको टोलीले अवलोकन गरेका छन् । कार्यक्रममा द स्पिकर क्लब अन्तर्गत न्यूजगफले विद्यालयलाई विभिन्न धार्मिक ग्रन्थ, उपन्यास, कथा, कविता, जीवन र दर्शनसम्बन्धी पाठ्यपुस्तक तथा बालबालिकाका लागि विभिन्न खेलौना प्रदान गरेको छ ।
शैक्षिक सामग्री न्यूजगफका बोहोराले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रकुमार बजियम र प्रधानाध्यापक मीनबहादुर खत्रीलाई प्रदान गरेका छन् । हाल बेलायत रहेका हरिले आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक स्तरोन्नति र विद्यार्थीको भविष्य विकासका निम्ति भित्ते चित्र लेखन गर्न सहयोग र समन्वय गरेका हुन् । सरस्वती आधारभूत विद्यालय २०३३ सालमा स्थापना गरिएको हो ।
क्याटेगोरी : विकास, शिक्षा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस