सडक चौडा गर्न तानसेन-रिडी खण्ड दैनिक १० घण्टाले १५ दिनसम्म बन्द
तानसेन–रिडी सडक खण्ड बन्द भएको छ । यस सडक खण्डको सिरुखर्क, माल्मुल क्षेत्रमा चौडा गर्नका लागि विहीबारदेखि सडक बन्द गरिएको हो ।
मंसिर २२ गतेदेखि पुस ७ गतेसम्मका लागि दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाले एक सूूचना जारी गर्दै सडक चौडा गर्नुपर्ने भएकाले बाटो बन्द गरी सडक निर्माण कार्य गरिने जनाएको छ । सडक निर्माणको समय बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने छ । उक्त क्षेत्रमा सडक बन्द रहे पनि यो सडक खण्ड हुँदै गुल्मी, बागलुुङ्ग , अर्घाखाँची जाने आउने साना सवारी साधन भने लुहुङ्ग –बतासेडाँडा भएर चल्न सक्ने छन् ।
क्याटेगोरी : ताजा अपडेट, विकास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक







प्रतिक्रिया दिनुहोस