बालविवाह : घटना अधिक,उजुरी कम
बालविवाह गैरकानूनी भए पनि जुम्लाका दुर्गम गाउँमा यसलाई सामान्य मानिन्छ । खुलमखुला कानुन उल्लंघन हुँदा समेत उजुरी नपर्दा कारबाहि हुन सकेकाे छैन ।
यहाँ बाल क्लब पनि छन् । तर समाजमा रिसइबी हुने डरले कसैले पनि उजुरी गर्दैनन् । कसैले उजुरी गरिदिए एउटै समाजमा बसेर अरूकाे छोराछोरीको भविष्य ‘बिगार्ने’ भन्ने आक्षेप आउँछ ।
सिंजागाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल भने उजुरी नै नदिए पनि अब बालविवाह रोकिने दाबी गर्छन । उनले जनप्रतिनिधिहरू मार्फत र बाल क्लब गठन गरेर पाँच वर्षे कार्यकालमै बालविवाहमुक्त बनाउन प्रतिबद्धता जनाए । उनले बालविवाह रोक्न कानुनी व्यवस्थाको कार्यान्वयन पनि प्रभावकारी गर्नु पर्ने बताए ।
साथै सानो उमेरमा विवाह गर्नाले यौन दुर्व्यवहार, अशिक्षा, हिंसा, कमजोर स्वास्थ्य, प्रजनन् स्वास्थ्यमा पर्नसक्ने गम्भीर खतरा बारे जानकारी दिने गरेकाे सिंजा गाउँपालिकाकी उपाध्यक्ष सितली रोकायाले बताइन ।
क्याटेगोरी : ताजा अपडेट, विकास
ताजा अपडेट
- १ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- २ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
- ८ आज भानु जयन्ती
प्रतिक्रिया दिनुहोस