• जीवनशैली | Jiwanshaili
  • देशभर २७१ जना कोरोनाका संक्रमित थपिए, थप एक जनाको मृत्यु


    काठमाडौं, १५ भदौ

    पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२० जनामा परीक्षण गर्दा २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

    २ हजार ४८५ पीसीआर परीक्षण गरिएकोमध्ये २२४ जनामा र १ हजार ४३५ एन्टीजेन परीक्षण गरिएकोमा ४७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    सोही अवधिमा १ सय ७५ जना संक्रमण मुक्त भएका छन् ।  हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ९४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस