उदयपुरमा एकै परिवारका तीन जनाको हत्या
उदयपुर, १७ भदौ
उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका-७ उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेका छन् ।
घटनास्थल उदपुरको विकट ठाउँमा रहेको र उनीहरूको शव टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।
क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस