• जीवनशैली | Jiwanshaili
  • झापामा १८ वर्षीया किशोरी बलात्कृत


    झापा, २० भदौ

    झापामा एक जना १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

    ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २६ वर्षीय तिर्थराज गेलाललाई शनिबार पक्राउ गरेको छ ।

    गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरीको इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस