सेञ्चुरी मिस टिन उपाधिका लागि २० किशोरी भिड्दै
काठमाडौं, २१ भदौ । सेञ्चुरी मिस टिन नेपालको १८औं संस्करणको ग्रान्ड फिनाले आगामी ९ असोजमा हुने भएको छ । काठमाडौं जेसिजले सन् २००२ देखि निरन्तर आयोजना गर्दै आएको मिस टिनको फाइनलमा २० जना प्रतिस्पर्धीहरूबीच उपाधि भिडन्त हुनेछ ।
आयोजक काठमाडौं जेसजिका अध्यक्ष अनुप सुनुवारका अनुसार किशोरीहरूको क्षमता अभिवृद्धि, सामाजिक एवं सांस्कृतिक वृत्तिविकास तथा महिला सशक्तीकरणको लक्ष्यसहित मिस टिन नेपालको आयोजना हुन लागेको हो । प्रतियोगिताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुनुवारले सेञ्चुरी मिस टिन नेपाल एक सौन्दर्य प्रतियोगिता मात्रै नभएर महिला सशक्तीकरणका पक्षमा पैरवी गर्ने मञ्चसमेत रहेको बताए ।
प्रतियोगिताको अडिसन राउन्डमा सहभागी ५० मध्ये २० जना ग्रान्ड फिनालेका लागि चुनिएका हुन् । प्रतियोगिताको मुख्य कोरियोग्राफरको भूमिका प्रिया रानी लामाले निर्वाह गर्नेछिन् । उनले प्रतियोगिताका सहभागीलाई राम्री बन्न र बोल्न मात्रै प्रोत्साहन नगरिने भन्दै एक जिम्मेवार नागरिकका रूपमा सहभागिहरूको क्षमता विकास गराइने बताइन् ।
प्रतियोगिको ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्नेहरूमा विभुषा बस्नेत, अदिती श्रेष्ठ, कसक पौडेल, सुम्निमा पुरी, आर्या पोखरेल, सुस्जिता पौडेल, स्नेहा पौडेल, पूजा ओली, प्रतीक्षा डंगोल, पारिका भण्डारी, हर्षिता पन्त, विसुका कोइराला, निशा सोनी, सुस्मिता अधिकारी, रोशनी सुनवार, खुसी श्रेष्ठ, आरती गिरी, सञ्जु श्रेष्ठ र कुसुम भट्टराई छन् ।
प्रतियोगितामा सेञ्चुरी मिस टिन नेपाल २०२२ को मुख्य टाइटलसहित विभिन्न १२ सब टाइटल अवार्ड राखिएका छन् । १६ देखि १९ वर्षसम्मका किशोरीहरू प्रतिस्पर्धी रहेको मिस टिन नेपालको मुख्य प्रायोजकका रूपमा सेञ्चुरी रहेको छ भने एनआइसी एसिया बैंक बैंकिङ पाटर्नर रहेको छ । आयोजकका अनुसार मिस टिन २०२२ को भोटिङ पाटर्नरमा खल्ती, डिजिटल पाटर्नरमा केटिएम रुस, फुड पाटर्नरमा द बर्गर हाउस, फेसन पाटर्नरमा नमुना कलेज अफ फेसन टेक्नोलोजी, यचु बुटिक रनीर्तिज डिजाइन रहेका छन् ।
प्रतियोगिताका विजेताहरूलाई क्राउन, अवार्ड र ‘सी इज सक्सेस’ नाम सामाजिक परियोजनामा काम गर्नेलगायतका अवसर प्राप्त हुने आयोजकले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट, मनाेरञ्जन शैली, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस