२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा, हट्यो सबै फोहोर
काठमाडौं, २४ भदौ
साढे दुई दशकदेखि काठमाडौंमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौं दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् ।
गत चैतयता काठमाडौंमा पटक पटक फोहोर उठ्न सकेन । सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौंमा फोहोर थुप्रिएको थियो । त्यसमा पनि टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत साढे दुई दशकदेखि फोहोर थुप्रिँदै आएको थियो । फोहोरका कारण टेकु वरिपरि हिँड्नसमेत सकिन्नथ्यो ।
तर, केही दिनयता टेकुको फोहोर सबै उठेको छ । फोहोरका रास सबै व्यवस्थापन भइसकेको छ । काठमाडौं महानगरपालिकाले स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गरेसँगै अहिले फोहोर व्यवस्थापनमा सहज हुँदैछ । त्यसमा पनि महानगर प्रमुख बालेन्द्र साह बालेनले फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई पनि गुहारेपछि अहिले टेकुसहित काठमाडौंका सडकमा फोहोर देखिन छाडेको छ ।
क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस