डेँगीबाट जोगाउन भक्तपुरमा निकालियो सचेतना र्याली
भक्तपुर, २६ भदौ
महामारीको रूपमा फैलिरहेको डेँगी रोग नियन्त्रणका लागि विभिन्न संस्थाले शनिबार भक्तपुरमा सचेतना र्याली निकालेका छन् । नेपाल स्काउट बागमती प्रदेश, भक्तपुर नगरपालिका, स्थानीय स्काउट समितिको आयोजनामा शनिबार सचेतना र्याली निकालिएको हो ।
र्यालीमा स्थानीय स्काउट पदाधिकारी, प्रदेश, स्काउट लिडर, राष्ट्रिय प्रशिक्षक, रोभर, रेन्जरहरूका साथै भक्तपुर नगरभित्रका दुई सय ९० जना स्काउट छात्रछात्राको सहभागिता रहेको थियो ।
र्याली भक्तपुर स्काउट भवनबाट सुरु भएको थियो । र्यालीले नगर परिक्रमा गरेको थियो । र्याली दरबारस्कायर, चोछे, भोलाछेँ, सूर्यमढी, तचपाल, इनाचो, गोल्मढी पुगेको थियो । त्यहाँबाट पुनः सुकुलढोका, टौमढी, नासमना, तेखाचो, ईटाछेँ हुँदै पुनःदरबारस्कायरमै विसर्जन भएको थियो ।
र्यालीमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट उपलब्ध गरिएको डेँगी रोगबाट बच्न गर्नुपर्ने उपाय उपचारबारेमा उल्लेखित पर्चा वितरण गरिएको थियो ।
क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस