• जीवनशैली | Jiwanshaili
  • थपिए ४५ जना कोरोना संक्रमित


    काठमाडौं, १३ असोज

    पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ४५ जना नयाँ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६७८ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो ।

    बितेको चौबिस घण्टामा १ हजार ३०७ जनाको पीसीआर र १ हजार ३७१ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

    उक्त समयमा ७० जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७७ रहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस