यी हुन् यस वर्षको नोबेल शान्ति पुरस्कार पाउने व्यक्ति र संगठन
यो वर्षको नोबेल शान्ति पुरस्कार तीन जनालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
पूर्वी युरोपका एक अभियन्ता र दुई संगठनहरुलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।
बेलारुसी मानव अधिकारकर्मी एलीयास बिलियाट्स्की, युक्रेनी मानव अधिकार संगठन सेन्टर फर सिभिल लिबर्टीज र रुसी मानव अधिकार संगठन मेमोरियललाई उक्त पुरस्कार दिइने भएको हो ।
शुक्रबार नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उनीहरूलाई संयुक्त रूपमा उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। आगामी १० डिसेम्बरमा एक कार्यक्रमबीच उनीहरुलाई उक्त पुरस्कार प्रदान गरिनेछ ।
बिलियाट्स्कीले बेलारुसमा प्रजातन्त्र र शान्तिपूर्ण विकासको प्रवर्द्धनमा आफ्नो जीवन समर्पण गरेका नोबेल शान्ति पुरस्कार समितिले जनाएको छ।
त्यस्तै, अर्को पुरस्कृत संस्था सेन्टर फर सिभिल लिबर्टीज(सीजीएस) युक्रेनका अग्रणी मानव अधिकार संगठनमध्ये एक हो। यसको स्थपना सन् २००७ मा भएको हो । पुरस्कृत भएपछि आफूले गौरब महसुस गरेको सीजीएसले एक ट्वीटमा जनाएको छ ।
त्यस्तै, रुसकै सबैभन्दा पुरानो मानव अधिकार समूह मेमोरियलले पनि पुरस्कार पाउने भएको छ । मेमोरियलले करिब ३ दशकसम्म सोभियत कालमा मारिएका, कारागारमा राखिएका वा दमनमा परेका लाखौँ निर्दोष मानिसका विवरण बाहिर ल्याएको थियो । मेमोरियल यसै वर्षको सुरुमा बन्द भएको थियो। गत वर्ष अदालतको एक आदेशपछि मेोरियल बन्द भएको थियो ।
क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस