कर्णाली नदीले पार गर्यो खतराको तह
धनगढी, २४ असोज
अविरल वर्षापछि आएको बाढीका कारण कर्णाली नदीले खतराको तह पार गरेको छ । चिसापानीस्थित जल मापन केन्द्रकी गेजरिडर पार्वती गुरुङका अनुसार अपराह्न ५ बजेको मापन अनुसार कर्णालीमा पानीको सतह ११ दशमलव १० सेन्टिमिटर पुगेको छ ।
पाँच दिनदेखि निरन्तर भइरहरेको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढेको हो । कर्णालीमा १० मिटरको तहलाई सचेत सतह मानिन्छ र १० दशमलव ८० मिटरलाई खतराको सतह मानिन्छ । यसअघिको वर्षामा ११ नपुगेको उनको भनाइ छ ।
सहायक नदीहरू सेती, बुढीगंगा, तीला कर्णाली, भेरी लगायत नदीहरूमा पानीको सतह बढेका कारण तटीय क्षेत्रमा नदीको सतह बढेको हो ।
क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस