• जीवनशैली | Jiwanshaili
  • पहिरोमा परि हुम्लामा ४ जनाको मृत्यु


    हुम्लाको चखेली गाउँपालिका–६ स्थित मेलथममा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । गएराति मेलथमस्थित मानवीर विकको घर पहिरोले बगाउँदा ९ जना पुरिएका थिए ।

    पहिरोमा परेकामध्ये ४ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी पोषराज पोखरेलले जानकारी दिए । ५ जनालाई सुरक्षाकर्मीले जीवितै उद्दार गरेका छन् ।


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस