पछिल्लो चौबिस घण्टामा १० जना मृत अस्थामा फेला
पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा १० जना मृत अवस्थामा फेला परेका छन् ।
सर्लाहीको बलरा नगरपालिका–८ बलुवाभारस्थित पोखरीमा हाल पहिचान नखुलेकी करिब ३५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
झापाको मेचीनगर नगरपालिका–१४ स्थित हडिया खोलामा सोही नगरपालिका–१३ सुगम टोल बस्ने ४१ वर्षीय बिष्णु राजवंशी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङको कटहरी गाउँपालिका–३ सिक्टी बस्ने २२ वर्षीया निसा सिंह सोही नगरपालिकास्थित आफ्नै माईती घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
इलामको चुलाचुली गाउँपालिका–१ श्रीगंगा टोल बस्ने ७१ वर्षीया बुद्दरानी लिम्बु सोही गाउँपालिकास्थित कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
कास्कीको पोखरा महानगरपालिका–१५ अमिनतारास्थित सेती नदीको किनारमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
दाङको गडवा गाउँपालिका–२ स्थित राप्ती नदीको किनारमा हाल पहिचान नखुलेकी १३ वर्षिया बालिका बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
चितवनको भरतपुर महानरपालिका–२६ हिरापुरस्थित नारायणी नदीको बगरमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका–१८ बाङ्गेघाटस्थित नारायणी नदीको किनारमा हाल पहिचान नखुलेका पुरुषको बुधबार सडिगलेको अवस्थामा शव फेला परेको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–११ निमाघाटस्थित कालिगण्डकी नदीको किनारमा हाल पहिचान नखुलेका पुरुषको बुधबार सडिगलेको अवस्थामा शव फेला परेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मुडियारीस्थित पानीको कुलोमा हाल पहिचान नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : ताजा अपडेट, समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस