अनिष र बिन्द्राले जिते म्याराथनमा स्वर्ण पदक
गण्डकी प्रदेशका धावक अनिष थापामगर र सशस्त्र प्रहरी बल एपिएफ धाविका बिन्द्रा धन्के श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको म्याराथनमा स्वर्ण पदक जितेका छन् ।
मंगलबार बिहान धावक अनिषले म्याराथनको निर्धारित दूरी २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते । २ घन्टा २३ मिनेट १४ सेकेन्ड खर्चिएका त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जित्दा २ घन्टा ३० मिनेट ५४ सेकेन्ड खर्चिएका एपिएफका सन्तोषविक्रम विष्टले कास्य पदक जिते ।
महिलातर्फ एपिएफ क्लबकी धाविका बिन्द्रा धन्के श्रेष्ठले निर्धारित दूरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गरिन् । ३ घन्टा ३५ सेकेन्ड खर्चिएकी आर्मीकी विश्वरुपा बुढाले रजत जितिन् । नेपाल पुलिस क्लबकी रेखा विष्टले ३ घन्टा ०१ मिनेट ३५ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जितिन् ।
क्याटेगोरी : खेल, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस