ताप्लेजुङमा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु
ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ स्थित याम्फेवा खोला नजिकै मंगलबार राति भएको ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
मंगलबार राति करिब साढे १२ बजेको समयमा अल्फाबेट नखुलेको ५५५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । साेही दुर्घटनामा परी मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ का फुर्वा शेर्पा, मैवाखोला-४ ओदक बस्ने वर्ष २२ की शर्मिला सेर्पा र वर्ष १७ का लाकी शेर्पाको मृत्यु भएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।
ट्याक्टर सडकबाट करिब २ सय मिटर मुनि झरेको उहाँले बताउनुभयाे । ट्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युतको सब स्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्याक्टरमा सवार थिए । दुर्घटनाको कारण भने खुलेको छैन् ।
क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस