बझाङमा जीप दुर्घटना, ६ जनाकाे मृत्यु
बझाङमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । बझाङको मस्टा गाउँपालिका-४ चिउरी नजिकै जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
बझाङको सदरमुकाम चैनपुरबाट मस्टा गाउँपालिका गइरहेको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा जीप टुक्राटुक्रा भएकोले नम्बर प्लेटसमेत खुल्न सकेको छैन ।
सुपप्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यद्यपि मृतक र घाइतेहरुको पहिचान भने खुलिसकेको छैन ।
जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको छ । आज दिउँसो ४ बजेतिर भएको दुर्घटनामा परी ७ जना घाइते भएको प्रहरीले बताएको छ ।
घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सिमखेतमा पठाउने काम जारी रहेको छ । उद्धार कार्य जारी रहेकोले घाइते र मृतकको संख्या बढ्न सक्ने पनि प्रहरीले बताएको छ ।
दुर्घटना भएको जीपमा कति जना यात्रु सवार थिए भन्ने अहिलेसम्म खुलिसकेको छैन । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्धार कार्य जारी राखेका छन् ।
क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस