दाङमा बेपत्ता दुई युवती मृत फेला
दाङ, ६ कार्तिक
दाङको बबई नदीमा नुहाउन गएका बेला हिजो दिउँसो बेपत्ता भएका दुई किशोरी आज बेलुकी मृत अवस्थामा फेला परेका छन् ।
घटना भएको दंगीशरण गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष डम्बर खत्रीका अनुसार उनीहरुको शव स्थानीयले आज आइतवार बेलुकी फेला पारेका हुन् ।
डुबेको ठाउँदेखि झन्डै डेढ किलोमिटरको दूरीमा करिब १० मिटर गहिराइमा दुई जनाको शव एकै ठाँउमा घोप्टो परेको अवस्थामा फेला परेको वडा अध्यक्ष खत्रीले जानकारी दिए । दुवैजना नुहाउने क्रममा शनिबार दिउँसो डुबेर बेपत्ता भएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस