रक एण्ड रोल स्टार जेरीको निधन
एजेन्सी, १२ कात्तिक
‘रक एण्ड रोल’ स्टार जेरी ली लेविसको ८७ वर्षको उमेरमा निधन भएको छ । उनले ‘ग्रेट बल द फायर’ जस्ता गीत गाएका थिए । उनी आफ्नो आउट्रेजियस स्टाइल र व्यक्तिगत जीवनका लागि चिनिएका थिए । जेरी सन् १९५० को दशकमा लोकप्रिय थिए ।
जेरी एक रक रिबेलका रुपमा उदाएका थिए र मानिसको ध्यान आफूतिर आकर्षित गर्न सफल थिए । उनले आफूलाई ‘द किलार’को उपाधि दिएका थिए । उनको गीत वासनाले भरिएको हुन्थ्यो । उनको करियर सन् १९५८ मा सकिएको थियो । उनले १३ वर्षकी कजिनसँग् विवाह गरेका थिए । जबकी उनको यसअघि नै एक श्रीमति थिइन् ।
यो घटनापछि उनको इंग्ल्याण्डको शो रद्ध भएको थियो भने रेडियोले कालो सूचीमा राखेको थियो । जेरीले सन् १९६० को दशकमा आफूलाई कमव्याक गराए । तर उनलाई लागुऔषध र मदिराको लत लागिसकेको थियो । यही घटनाका कारण उनले कानूनी लडाई लड्नु परेको थियो ।
उनले मायरा गेल ब्राउनसँग विवाह गरेका थिए । मायराले उनीमाथि शारीरिक र मानसिक उत्पीडनको आरोप लगाएकी थिइन् । यही कारण मायराले आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।
जेरीका गीत निकै रुचाइएका गीतमा पर्छन् । उनका गीतले दर्शकमाझ एउटा छाप नै छोडेको थियो । उनको फ्यान फलोइङ पनि धेरै थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस