तीन वटा प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
काठमाडौं, १३ कात्तिक
आज तीन वटा प्रदेशका पहाडी भूभागका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।
राति प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।
सोमबार पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मुलुकमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस