• जीवनशैली | Jiwanshaili
  • नारायणीमा डुंगा पल्टियो, तीनको मृत्यु


    नवलपरासी, १५ कात्तिक
    पश्चिम नवलपरासीमा डुंगा पल्टिदा तीन जनाको मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेको नारायणी नदीको भंगालोमा डुंगा दुर्घटनामा परेको हो । थप दुई जना घाइते भएका छन् ।

    डुंगा पल्टिदा सुस्ता गाउँपालिका –४ गोकुलनगरका गुड्ड हरिजन, निरज हरिजन र रञ्जित गुप्ताको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका किशोर हरिजन र सोहित सहानीको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार डुंगा दुर्घटनामा परेको हो ।


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस