आज ग्रस्तोदित चन्द्रग्रहण, करिब १ घण्टा २३ मिनेट लाग्ने
काठमाडौं, २२ कात्तिक
आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रग्रहण सुरु हुने र ५ बजेर २७ मिनेटमा क्षिण (हराउने) हुँदै जानेछ । यस्तै, चन्द्रग्रहणले ६ बजेर ३४ मिनेटमा मोक्ष दिने ज्योतिष सुरेन्द्र रिजालले जानकारी दिए ।
यस ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण पनि भनिन्छ । चन्द्रोदयसँगै सुरु हुने र करिब एक घण्टा २३ मिनेटसम्म लाग्ने यो ग्रहणलाई शुभ ग्रहणको रुपमा पनि लिन सकिन्छ । नेपालबाट १ घण्टा २३ मिनेट ग्रहण देखिने छ। कात्तिक महिनामा दुई वटा मंगलबारमा लागेको यो ग्रहणमा स्नान गर्दा राम्रो हुने ज्योतिष रिजालले बताए ।
सूर्यग्रहणको सुतक १२ घण्टा अगावै लाग्ने गर्दछ भने चन्द्रग्रहणको नौ घण्टा अघिदेखि सुतक लाग्छ । मंगलबार बिहान ८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी (अशक्त) बाहेकलाई भोजन निषेध गरिएको ज्योतिष रिजालले बताए ।
ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक रहेको ज्योतिष रिजालले बताए । चन्द्रग्रहणले मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको, तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उनले बताए ।
ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा निकै फलदायी पनि हुने उनले बताए । चन्द्रग्रहण पूर्ण रुपमा लाग्न नपाउँदै सकिने भएकोले यसको असर पनि कम हुने देखीन्छ । औंसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ।
क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस