• जीवनशैली | Jiwanshaili
  • कालिकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु


    कालिकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ छ ४४१२ नम्बरको जिप कालिकोटको तिलागुफा नगरपालिका खल्लागाडमा दुर्घटनामा हुदा एकजनाको घटनास्थलमै र अन्य दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

    घटनास्थलमै मृत्यु हुनेमा मुगु गमगढीका २१ वर्षीय अकल बिक रहेका छन् ।

     


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस