डोटी : भूकम्पमा परी ६ जनाको मृत्यु
धनगढी, २३ कात्तिक
सुदूरपश्चिम प्रदेशको डोटीमा भूकम्पमा परी ६ जनाको ज्यान गएको छ ।
मंगलबार राति र बुधबार बिहानको भूकम्पमा परी ६ जनाको मृत्यु भएको हो भने भने ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया तुलछी बोहराको ज्यान गएको छ । भूकम्पले घर भत्किँदा मानवीय क्षति भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई बुधबार बिहान ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।डोटीमा मंगलबार राति पनि भूकम्प गएको थियो ।
क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस