• जीवनशैली | Jiwanshaili
  • प्यूठानमा जीप दुर्घटनामा परी तीन जनाको मृत्यु


    प्यूठान, २३ कात्तिक
    प्यूठानमा जीप दुर्घटना भएको छ । प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरका अनुसार दुर्घटनामा खुमन थापा, बच्ची थापा जुनकी र  मैमा घर्तीको मृत्यु भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

    जीप मंगलबार मध्यरात दुर्घटनामा परेको हो ।


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस