भूकम्प गएको दुई दिनपछि ६ वर्षीय बालकको जीवितै उद्दार
इन्डोनेसियाका उद्धारकर्ताहरूले सियानजुरमा आफ्नो भत्किएको घरको भग्नावशेषबाट एक छ वर्षीय बालकको जीवितै उद्धार गरेका छन् । उनी म्याट्रिसमा रहेकाले जीवितै उद्दार सम्भव भएको उद्दारकर्ताले बताएका छन् । अजका मौलाना मलिक नाम गरेको ती बालक दुई दिनदेखि फँसेका थिए । उनी मृत हजुरआमाको शवको छेउमा जीवित फेला परेका थिए ।
स्थानीय दमकल विभागले अनलाइन सेयर गरेको भिडियोमा उद्धार टोलीले उनलाई सुरक्षित स्थानमा उठाएपछि उनी शान्त देखिन्छन । ‘अजका अहिले ठीक छन् । उनलाई चोट लागेको छैन । उनी भोकाएकोले कमजोर मात्र भएको डाक्टरले बताएका छन्,’ भूकम्पले क्षतिग्रस्त अस्पतालबाहिर राखिएको पालमा अजकाको हात समात्दै आफन्त सलमान अल्फारिसीले भने । तर उनकी आमा भने सोमबारको भूकम्पमा मारिएकी थिइन् । ‘उनी घरमा जान चाहन्छन् । सँगै सुत्न उनले आमालाई सोधिरहेका छन्’ अल्फारिसीले भने ।
५ दशमलब ६ म्याग्निच्युडको भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या २७१ पुगेको छ । भूकम्पमा सयौँ घाइते भएका छन् । भूकम्पछि अझै पनि कम्तीमा ४० जना हराइरहेका छन् । इन्डोनेसियामा बारम्बार भूकम्प जाने गरेको इतिहास छ । सन् २०१८ मा गएको भूकम्पमा २ हजार जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस