महिला हिंसाविरूद्धको १६ दिने अभियान : पहिलाे दिनमै सप्तरीमा दुई महिलाको हत्या
सुधा देव
सप्तरी, १२ मंसिर
लैंगिक हिंसाविरूद्ध १६ दिने अभियान सुरू भएको पहिलो दिन नै सप्तरीमा दुई जना महिलाको हत्या भएको छ । बोदेबर्साइ नगरपालिका बनौला घर भई राजविराज नगरपालिका– १ बस्दै आएकी ३५ वर्षीया गीता देवी रजक शनिवार मृत अवस्थामा भेटिएकी थिइन् । बिहान घर नजिकै रहेको टिनको छाप्रोमा उनको शब हत्या भएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।
उनी बनौलाका हिरालाल रजककी तेस्री श्रीमती बनेर १५ वर्षअघि भित्रिएकी थिइन् । तीन छोरी र एक छोराकी आमा गीतालाई उनकै श्रीमानले हत्या गरेका आरोप छ । दुई महिनायता उनका श्रीमानले कुटपिट गरि घरबाट निकाला गरेका थिए ।
शुक्रबार दिनभर सँगैको खेतमा धान काटेकी स्थानीय १७ वर्षीया कन्चन रजकका अनुसार बेलुका ५–६ बजेसम्म सकुसल नै थिइन । मैले ‘मैले गीतालाई घर जाउँ भन्दा धान ओसार्नु छ । नओसारे श्रीमानले कुट्नुहुन्छ भनेकी थिइन । बिहान त शब देखे ।’
निर्वाचनको भोलिपल्ट सोमबार श्रीमानले कुटे भन्दै गीताले हात, खुट्टा र टाउको चो देखाएको उनको भनाइ छ । उनले भनेकी थिइन्, ‘श्रीमान्ले मराणसन्न हुने गरि कुन्छन् । घर निकाला गरेका छन् । डरले राति घर जान पनि सकेकी छैन ।’ उनको परिवार राजविराज नगरपालिका–१ चनौरामा कोठामा भाडा लिएर बस्दै आएको छ ।
उनका श्रीमान दुई वर्षअघि वैदेशिक रोजगारीमा गएका थिए । डेढ वर्षसम्म पैसा पनि पठाएका थिए । श्रीमान घर फर्केको दुई महिनापछि नै कुटपिट गर्दै आएको उनले बताएकी थिइन ।
गाउँकै एउटी महिलासँग आफ्नो श्रीमानको सम्बन्ध रहेको गीताले बताएकी थिइन । तिनै महिलासँगको सम्बन्धका कुटिपट घरनिकाल गरेको उनी दुखेसो गर्थिन ।
आरोपी रजक पक्राउ
श्रीमती हत्या आरोपमा हिरालाल रजकलाई प्रहरीले शनिवार नै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले मृतकका श्रीमानलाई पक्राउ गरि बयान लिएको छ ।
मन्जुलाको शव काका ससुराको घरमा भेटियो
रुपनी गाउँपालिका–२ लौवापारकी २० वर्षीया मन्जुला सदाको शुक्रवार बेलुकी काका ससुराको घरमा झुण्डिएको अवस्थामा शव फेला पर्यो । उनी आठ महिनाकी गर्भवती थिइन् । बिहेको भएको पाँच वर्षपछि पहिलो सन्तान पाउन लागेकी थिइन् । उनकी दिदी उषाले भनिन्, ‘उनकै परिवारले बैनीलाई झुन्ड्याएर मारे ।’
मृतककी आमा फुलोदेवीले ज्वाई भारत गएको बेला छोरीलाई सासुससुराले रक्सी खाएर कुटपिट गर्ने गरेको बताइन् । कति पटक त छोरीलाई उद्धार गरेर ल्याएको उनको भनाइ छ ।
दुई दिनअघि पनि ससुरा रामकण्ठ सदाले कुटेर घरबाट निकालेको र नजिकैका काका ससुरा श्रीकान्त सदाको घरमा लुकेर बसेको काकी सासूले फोनमा बताएको फूलोदेवीले बताइन् ।
खाना नपकाएको निहुँमा झुण्ड्याएर मारेको आरोप छ । शुक्रबार बेलुकी छोरीलाई पूmलोदेवी जाँदा झुण्ड्याइएको अवस्था शव फेला परेको थियो ।
सासुसहित चारजनालाई प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सिंहले घटनाको अनुसन्धान भइरहेको बताए । पोष्टमार्टम रिपोर्ट आएपछि थप प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस