• जीवनशैली | Jiwanshaili
  • मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन


    काठमाडौं, १३ मंसिर
    मुलुकमा मौसम उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अुनसार उच्च पहाडी भूभागका केही स्थानमा आंशिक बदली छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    दिउँसो प्रदेश १ तथा गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ ।

    बुधबार पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस