आज योः मरी पून्हिँ मनाइँदै
काठमाडौं, २२ मंसिर
नेवार समुदायको चाडपर्व मध्येको एक योः मरी पून्हिँ पर्व हो । यःमरी भन्नाले आफूलाई मनपर्ने रोटी भन्ने बुझिन्छ । चामलको पिठोलाई मुछेर महाछाकोजस्तो आकार बनाई त्यसभित्र चाकु, तिल, दूधको खुवा आदि आफ्नो इच्छा अनुसारको खाध्यवस्तु राखेर यमरी बनाइन्छ । यसरी बनाइएको यमरीलाई पानीको बाफबाट तयार पारिन्छ ।
नेवार समुदायमा प्रचलित कथा अनुसार योमरी देखापरेकै दिन धनका राजा कुबेर भेष बदलेर बाटोमा हिँडिरहेका हुन्छन् यसरी भेष बदलेर हिँडिरहेका बटुवा कुवेरबारे थाहै नभए पनि उनलाई सत्कारपूर्वक सप्रेम योमरी खान दिएको कथा छ । कुबेरले पाएको सत्कारबाट प्रसन्न भएर धनधान्यले अपार वरदान दिएको मानिन्छ ।
यस्तै, नेवार समुदायमा कुनै पनि सभाकार्य न्वारन, विवाह, जन्मदिन गर्ने बेलामा समेत यमरीको प्रयोग गर्ने गरीन्छ ।
यमरी पूर्णीमाका दिन अन्न भण्डारण गर्ने स्थानमा समेत पुजा गरी अन्नपूर्ण भइ सुख, शान्ति भइरहोस भनी पुजा अराधना गरिन्छ । यसदिन बालकदेखि वृद्धसम्मका समूहमा नाचगान गरी टोल टोलमा यमरी माग्न जाने परम्परा छ । यसरी आफ्नो आगनमा यमरी माग्न आएकालाई भगवान समान मानेर यमरी दिने गरीन्छ । यसैदिन रात छोट्टिएर दिन लामो हुने मान्यता रहेको छ ।
क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस