हात्तीछापमा दयाहाङ राई

काठमाडौं, १ पुस । किरण नेपालीको निर्माणमा तयार हुन लागेको सामाजिक कथावस्तुको फिल्म ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । दयासँग निर्माणपक्षले बिहीबार कागजी सम्झौता गरेको हो ।
सिमोस सुनवारले निर्देशन गर्ने फिल्ममा अन्य कलाकार भने फाइनल भइसकेको छैन । प्रदीप भारद्वाजको कथा मन पराएपछि ‘२ नम्बरी’का निर्माता किरणले ‘पोई पर्यो बुढो’लाई पोष्टपोन्ड गर्दै यो कथामा फिल्म बनाउन लागेका हुन् ।
दयाले किरणसँग फिल्म ‘२ नम्बरी’मा सहकार्य गरेका थिए । यो फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो । फिल्मको छायांकन चैतबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ ।
क्याटेगोरी : ताजा अपडेट, मनाेरञ्जन शैली, मुख्य समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस