आजदेखि सवारीसाधनको प्रदूषण जाँचमा कडाइ, एक लाखसम्म जरिवाना
काठमाडौं, १ पुस
वातावरण विभागले १ पुसदेखि प्रदूषण जाँचपास नभएका सवारीसाधनहरूलाई कडाइ गर्ने भएके छ । वातावरण विभागले गत २२ मंसिर नै सूचना जारी गरेर १ पुसपछि नियमित जाँच हुने तथा त्यसमा पास नभएका सवारीसाधनलाई वातावरण संरक्षण ऐनअनुसार कारबाही र जरिवाना गर्ने चेतावनी दिएको थियो ।
आजदेखि वातावरण संरक्षण ऐन ०७६ को दफा ४१ को उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने विभागले सूचना जारी गरेकाे छ । सवारीसाधनको मर्मत गर्न र वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाहीमा पर्ने भएका छन् । विभागले वायु प्रदूषणको मुख्य कारक सवारी साधनबाट निस्केको धुवाँ रहेको जनाएको छ ।
साथै विभागले कसैले टोल छिमेकमा खुलारूपमा फोहाेर जलाउने तथा खुलारूपमा फोहाेर जलाएको पाइएमा गोप्यरूपमा जानकारी दिनसमेत आग्रह गरेको छ। यसरी खुलारूपमा फोहाेर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ।

क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस