चीनमा रहेका नेपालीलाई जोगाउन नेपाली कांग्रेसको सरकार संग अपिल
नेपाली कांग्रेसले चीनमा रहेका नेपालीलाई जोगाउन सरकार संग आग्रह गरेको छ ।
आइतबार कांग्रेस संसदीय दलको कार्यालयले विज्ञप्ती जारी गर्दै नेपाल सरकारसँग कोरोना भाइरसबाट जोगिन र जोगाउन आवश्यक स्वास्थ्य सुरक्षाको माग गरेको हो।
कांग्रेसले वुहान सहरका नेपालीको उद्धार गर्न पनि आग्रह गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘वुहान सहरका विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी लगायत व्यवसायमा रहेका नेपाली नागरिकसमेत उच्च जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्दारका लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकार र सबन्धित पक्षसँग नेपाली कांग्रेस संसदीय दल आग्रह गर्दछ।’ कांग्रेसले कोराना भाइरसबाट संक्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ। कांग्रेसले चिनका विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलगायत व्यवसायमा रहेका नेपाली नागरिक कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै सुरक्षित तबरले उद्धार गर्न पनि भनेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस