चीनमा कोभिड प्रतिबन्ध विरुद्धको प्रदर्शनमा प्रहरी दमन
एजेन्सी
बेइजिङ, १३ मंसिर
चीनमा सप्ताहन्तमा सुरु भएको कोभिड प्रतिबन्धविरुद्धको विरोध प्रदर्शनमा प्रहरीले ठूलो बल प्रयोग गरेको छ । प्रहरी दमनसँगै प्रदर्शन न्युन देखिएका छन् । चिनियाँ शहरहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सांघाईको मुख्यसडकमा ठूला अवरोधहरू अझै पनि छन् र प्रहरीले धेरै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ ।
प्रहरीले मानिसहरूलाई विरोध प्रदर्शनको फोटो खिच्न र तिनीहरूको डिभाइसबाट फोटोहरू मेटाउन भनेका छन् । बिहीबार पश्चिमी चीनको उरुम्चीमा रहेको एक अग्लो ब्लकमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि राष्ट्रव्यापी विरोध प्रदर्शन बढेको छ ।
कोविड प्रतिबन्धका कारण बासिन्दाहरू आगोबाट बच्न सकेनन् भन्ने विश्वास गरिएको छ । तर, स्थानीय अधिकारीहरूले यसलाई अस्वीकार गरेका छन् ।
बीबीसीका एक पत्रकारलाई आइतबार सांघाईमा भएको विरोध प्रदर्शनको कभर गर्ने क्रममा पक्राउ गरिएको थियो । एड लरेन्सलाई उनको गिरफ्तारीको क्रममा पुलिसले कुटपिट गरेको थियो । रिहा हुनुअघि धेरै घण्टासम्म राखेको थियो । बेलायतका विदेशमन्त्री जेम्स क्लिभरलीले गिरफ्तारीको विरोध गरेका छन् । गिरफ्तार चिन्ताजनक भएको उनले ट्वीट गरेका थिए ।
क्याटेगोरी : कोरोना अपडेट, डायाेस्परा
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस