थप २०३ जनामा काेराेना संक्रमण

काठमाडाैं, २८ भदाै । पछिल्लाे २४ घण्टामा थप दुई सय तीन जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाकाे नमूना परीक्षण गर्दा साे संख्यामा काेराेना पुष्टि भएकाे हाे ।
संकलित नमूनामध्ये १३ सयलाई आरटी पिसीआर र तीन हजार सात सय ५९ नमूना एन्टीजेनबाट परीक्षण गरिएकाे थियाे । त्यसमध्ये ८७ जनामा पिसीआरबाट र ११६ जनामा एन्टीजेनबाट संक्रमण देखिएकाे थियाे ।
नेपालमा हालसम्म काेराेना निकाे हुनेकाे संख्या नाै लाख ८४ हजार सात सय १० पुगेकाे छ भने हाल २२ सय ३२ जना संक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ । यस्तै काेराेना संक्रमणबाट १२ सय १५ जनाले ज्यान गुमाएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट, ताजा अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस