थप २०३ जनामा काेराेना संक्रमण
काठमाडाैं, २८ भदाै । पछिल्लाे २४ घण्टामा थप दुई सय तीन जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाकाे नमूना परीक्षण गर्दा साे संख्यामा काेराेना पुष्टि भएकाे हाे ।
संकलित नमूनामध्ये १३ सयलाई आरटी पिसीआर र तीन हजार सात सय ५९ नमूना एन्टीजेनबाट परीक्षण गरिएकाे थियाे । त्यसमध्ये ८७ जनामा पिसीआरबाट र ११६ जनामा एन्टीजेनबाट संक्रमण देखिएकाे थियाे ।
नेपालमा हालसम्म काेराेना निकाे हुनेकाे संख्या नाै लाख ८४ हजार सात सय १० पुगेकाे छ भने हाल २२ सय ३२ जना संक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ । यस्तै काेराेना संक्रमणबाट १२ सय १५ जनाले ज्यान गुमाएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस