कोरोनाप्रति सजग रहन प्रधानमन्त्री ओलीको निर्देशन
चीनमा महामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरसबाट नेपालमा समेत संक्रमित भेटिएपछि सतर्कता अपनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरस फैलिन नदिन र संक्रमित बिरामीको उपचारको लागि आवश्यक तयारी गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्रालयलाई निर्देशन दिएका हुन् ।
यो संगै प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्ययन र परराष्ट्र मन्त्रालयलाई समेत यसमा सर्तकर्ता अप्नाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार पर्यटनमन्त्री योगश भट्टराई र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई र भानुभक्त ढकाललाई निर्देशन दिएका हुन् ।
त्यस्तै, ओलीले नेपालमा कोरोना भाइरसको जोखिम, संक्रमितहरुको अवस्था ,व्यवस्थापनका र रोगको उपचारका लागि केन्द्रीय अस्पतालहरुलाई तयारी अवस्थामा राख्न समेत निर्देशन दिएका छन्
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस