चीनमा नोवल कोरोना भाईरसको आतंक, ११ देशमा फैलियो, मर्नेको संख्या ८० पुग्यो

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८० पुगेको छ । आईतबार सम्म यो भाइरसबाट ५६ जनाको मृत्यु भएको भनिएकोमा चीनियाँ अधिकारीहरुले अरु २४ जनाको समेत ज्यान गएको पुष्टि गरेका हुन् ।
चीनबाट सूरु भएको नोवल कोरोना भाइरस ११ देशमा फैलिएको छ । चीनमा महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरसबाट नेपाल सहित ११ देशमा फैलिएको हो । हाल सम्म नेपालमा तीन जनामा भेटिएको आशंका गरिए पनि एक जनाको मात्रै पुष्टि गरिएको छ । यसै गरी थाईल्याण्डमा ७ जनामा भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसबाट अमेरिकामा २ जना, जापानमा ३ जना, दक्षिण कोरियामा ३ जना, मलेसियामा ३ जना, फ्रान्समा ३ जना , भियतनाममा २ जना, सिंगापुरमा ४ जना र अष्ट्रेलियामा ४ जना ब्यक्तिमा संक्रमण भएको भेटिएको हो । हाल सम्म चीनमा सबै भन्दा बढी २७४४ जनामा संक्रमण भएको पुष्टि भएको छ ।
मानिसबाट मानिसमा सर्ने भनिएको यो भाइरसबाट बचाउन चीन सरकारले ११ वटा शहरहरुमा यात्रामाथि प्रतिबन्ध लगाएको छ ।
गत डिसेम्बरमा यो भाइरस पहिलोपटक चीनको वुहान प्रान्तमा भेटिएको थियो । अहिले यो भाइरस किन्घी र तिब्बतबाहेक चीनका हरेक प्रान्तमा फैलिएको छ ।
कोराना अपडेटमा यो पनि हेर्नुहोस्
कोरोना भाइरस आतंकः उद्धारको पर्खाइमा नेपाली विद्यार्थी
कोरोनाप्रति सजग रहन प्रधानमन्त्री ओलीको निर्देशन
चीनमा रहेका नेपालीलाई जोगाउन नेपाली कांग्रेसको सरकार संग अपिल
नोवल कोरोना भाइरसको संक्रमणः चीन सहित ११ देशमा फैलियो
कोरोना अपडेटः अमेरिकाले चीनमा रहेका कुटनीतिज्ञहरुलाई फिर्ता बोलायो
जापानले पनि चीनबाट आफ्ना नागरिक फिर्ता बोलाउने
कोरोना भाइरस के हो र लाग्नै नदिन के गर्ने?
प्रतिक्रिया दिनुहोस्
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस