नोवल कोरोना भाइरस कम्वोडियामा पनि भेटियो, चीन सहित १३ देशमा संक्रमण
चीनबाट फैलिएको नोवल कोरोना भाइरस कम्वोडियामा पनि फैलिएको छ । आज कम्वोडियाको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै आफ्नो देशमा पनि एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको बताएको हो । यो संगै नोवल कोरोना भाइरसको संक्रमण चीन सहित १३ देशमा फैलिएको छ । चीनमा महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरसबाट नेपालमा २ जनामा संक्रमण भएको पुष्टि गरिएको छ । यसै गरी थाईल्याण्डमा ८ जनामा भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसबाट अमेरिकामा ५ जना, जापानमा ४ जना, दक्षिण कोरियामा ४ जना, मलेसियामा ४ जना, फ्रान्समा ३ जना र अष्ट्रेलियामा ५ जना, क्यानडामा १ जना र सिंगापुरमा ४ जना ब्यक्तिमा संक्रमण भएको भेटिएको हो ।यसै गरी भियतनाममा २ जनामा संक्रमण भेटिएको हो । हाल सम्म चीनमा सबै भन्दा बढी २८३५ जनामा संक्रमण भएको पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चीनमा मात्र ८१ पुगेको छ । यस्तै कोरोना भाइरस संक्रमित मध्ये ५५ जनालाई निको पारेर अस्पतालबाट घर पठाएको बताईएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभर संक्रमण फैलिएको ‘कोरोना भाइरस’बाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा पूर्व सावधानी अपनाइएको जनाएको छ ।
कोरोनाभाइरसले चीनमा महामारीको रुप लिँदै गएको छ । चीनबाट सो भाइरस अरु देशमा फैलिनेक्रममा छ ।चीनबाट शुरु भएको कोरना भाइरस नेपालमा पनि भित्रिएको पुष्टि भएसँगै सरकारले जोखिम बढ्न नदिन सावधानी अपनाएको र सबैमा सचेत रहन समेत आग्रह गरेको छ ।मन्त्रालयले काठमाडौंका सबै अस्पताललाई सतर्क अवस्थामा रहन र ‘आइसोलेसन वार्ड’बनाएर उपचारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस