कोरोना भाइरस श्रीलंकामा पनि भेटियो, नेपाल सहित १४ देशमा संक्रमण
चीनबाट सुरु भएको नोवल कोेरोना भाइरसको संक्रमण श्रीलंकामा पनि देखिएको छ । चीनको हुवान प्रान्तबाट हालै भ्रमणमा निस्किएकी एक चिनियाँ महिलामा संक्रमण देखिएको पुष्टि भएको हो । यो संगै नोवल कोरोना भाइरसको संक्रमण फैलिने देशको संख्या १४ पुगेको छ । हिजो सोमबार कम्बोडियामा पनि एक जनामा संक्रमण पाईएको थियो । चीनमा महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरसबाट नेपालमा २ जनामा संक्रमण भएको पुष्टि गरिएको छ । यसै गरी थाईल्याण्डमा ८ जनामा भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसबाट अमेरिकामा ५ जना, जापानमा ४ जना, दक्षिण कोरियामा ४ जना, मलेसियामा ४ जना, फ्रान्समा ३ जना र अष्ट्रेलियामा ५ जना, क्यानडामा १ जना र सिंगापुरमा ४ जना ब्यक्तिमा संक्रमण भएको भेटिएको हो ।यसै गरी भियतनाममा २ जनामा संक्रमण भेटिएको हो । हाल सम्म चीनमा सबै भन्दा बढी २८३५ जनामा संक्रमण भएको पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चीनमा मात्र ८१ पुगेको छ । यस्तै कोरोना भाइरस संक्रमित मध्ये ५५ जनालाई निको पारेर अस्पतालबाट घर पठाएको बताईएको छ
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस