कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १०६ पुग्यो, चीनमा ४१९३ सहित १५ देशमा संक्रमण

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या चीनमा १०६ पुगेको छ । हिजो सम्म ८१ जनाको मृत्यु भएकोमा थप २५ जनाको ज्यान गए पछि प्राणघातक नोवल कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १०६ पुगेको हो । चीनमा ४१९३ मा संक्रमण भएको पुष्टि गरेको छ । यसै गरी ५८ जना संक्रमित ठिक भएर घर फर्केको बताइएको छ । यो संगै कोरोना भाइरसको संक्रमण १५ देशमा फैलिएको छ ।
चीनबाट सुरु भएको नोवल कोेरोना भाइरसको संक्रमण श्रीलंकामा पनि देखिएको छ । चीनको हुवान प्रान्तबाट हालै भ्रमणमा निस्किएकी एक चिनियाँ महिलामा संक्रमण देखिएको पुष्टि भएको हो । हिजो सोमबार कम्बोडियामा पनि एक जनामा संक्रमण पाईएको थियो । चीनमा महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरसबाट नेपालमा २ जनामा संक्रमण भएको पुष्टि गरिएको छ । यसै गरी थाईल्याण्डमा ८ जनामा भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसबाट अमेरिकामा ५ जना, जापानमा ४ जना, दक्षिण कोरियामा ४ जना, मलेसियामा ४ जना, फ्रान्समा ३ जना र अष्ट्रेलियामा ५ जना, क्यानडामा १ जना र सिंगापुरमा ४ जना ब्यक्तिमा संक्रमण भएको भेटिएको हो ।यसै गरी भियतनाममा २ जनामा संक्रमण भेटिएको हो । यसै गरी जर्मनीमा पनि एक जनामा संक्रमण पाईएको बताइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस