• जीवनशैली | Jiwanshaili
  • अमेरिकामा कोराना भाइरसका ११० शंकास्पद व्यक्ति निगरानीमा


    अमेरिकामा कोराना भाइरस संक्रमण भएको आशंकामा ११० विरामी निगरानीमा राखिएको छ । अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय एयरपोर्ट आइपुगेका यात्रीहरू मध्यले बुधवार सम्म शंका गरीएका ११० यात्रुलाई निगरानीमा राखिएको हो ।
    अमेरिकामा हाल सम्म नोवल कोरोना भाईरस नभेटिए पनि रोग नियन्त्रण तथा रोकथाम केन्द्रले शंकास्पद ११० व्यक्तिको कोरोनाभाइरस परिक्षण गरिरहेको बताएको छ ।
    रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० का अधिकारीका अनुसार चीनको कोरोना संक्रमित क्षेत्रबाट फर्केका अमेरिकाका विभिन्न २६ राज्यका मानीसहरुलाई निगरानीमा राखिएको हो।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस