कोरोना भाइरस संक्रमित ६० विरामी उपचार पछि ठिक भएर घर फर्के
कोरोना भाइरस संक्रमणबाट विरामी भएका ६० जना ठिक भएर घर फर्केका छन् । चीनमा महामारीको रुपमा फैलँदै गरेको नोवल कोरोना भाइरसका संक्रमण भएका मध्ये ६० जना उपचार पछि घर फर्केका हुन् । हाल सम्म चीनमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४५१५ पुगेको छ । भाइरस संक्रमित मध्ये हाल सम्म १०६ जनाले ज्यान गुमाएका छन् । हिजो सम्म ८१ जनाको मृत्यु भएकोमा थप २५ जनाको ज्यान गए पछि प्राणघातक नोवल कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १०६ पुगेको हो । चीन संगै कोरोना भाइरसको संक्रमण १५ देशमा फैलिएको छ ।
कोरोना भाइरसको संक्रमण श्रीलंका,कम्बोडिया,नेपाल, थाईल्याण्ड,अमेरिकामा, जापानमा , दक्षिण कोरिया, मलेसिया, फ्रान्स,अष्ट्रेलिया, क्यानडा, सिंगापुर,भियतनाम र जर्मनीमा समेत फैलिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस