कोरोना भाइरस संक्रमित ६० विरामी उपचार पछि ठिक भएर घर फर्के

कोरोना भाइरस संक्रमणबाट विरामी भएका ६० जना ठिक भएर घर फर्केका छन् । चीनमा महामारीको रुपमा फैलँदै गरेको नोवल कोरोना भाइरसका संक्रमण भएका मध्ये ६० जना उपचार पछि घर फर्केका हुन् । हाल सम्म चीनमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४५१५ पुगेको छ । भाइरस संक्रमित मध्ये हाल सम्म १०६ जनाले ज्यान गुमाएका छन् । हिजो सम्म ८१ जनाको मृत्यु भएकोमा थप २५ जनाको ज्यान गए पछि प्राणघातक नोवल कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १०६ पुगेको हो । चीन संगै कोरोना भाइरसको संक्रमण १५ देशमा फैलिएको छ ।
कोरोना भाइरसको संक्रमण श्रीलंका,कम्बोडिया,नेपाल, थाईल्याण्ड,अमेरिकामा, जापानमा , दक्षिण कोरिया, मलेसिया, फ्रान्स,अष्ट्रेलिया, क्यानडा, सिंगापुर,भियतनाम र जर्मनीमा समेत फैलिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस