प्राणघातक कोरोनाले १३२ काे ज्यान लियाे, १६ देशमा भाइरस, चीनमा ५९७४ संक्रमित
कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या चीनमा १३२ पुगेको छ । हिजो सम्म १०६ जनाको मृत्यु भएकोमा थप २६ जनाको ज्यान गए पछि प्राणघातक नोवल कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १३२ पुगेको हो । चीनमा ५९७४ मा संक्रमण भएको पुष्टि गरेको छ । यसै गरी १०३ जना संक्रमित ठिक भएर घर फर्केको बताइएको छ । यो संगै कोरोना भाइरसको संक्रमण १६ देशमा फैलिएको छ ।
चीनबाट सुरु भएको नोवल कोेरोना भाइरसको संक्रमण श्रीलंकामा १ जनामा पाईएको छ र भारतमा २ जनामा देखिएको मध्ये भाइरसबाट एक जनाको ज्यान गएको छ । कम्बोडियामा पनि एक जनामा संक्रमण पाईएको छ । चीनमा महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरसबाट नेपालमा २ जनामा संक्रमण भएको पुष्टि गरिएको छ । यसै गरी थाईल्याण्डमा १४ जनामा भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसबाट अमेरिकामा ५ जना, जापानमा ५ जना, दक्षिण कोरियामा ४ जना, मलेसियामा ४ जना, फ्रान्समा ३ जना र अष्ट्रेलियामा ५ जना, क्यानडामा १ जना र सिंगापुरमा ७ जना ब्यक्तिमा संक्रमण भएको भेटिएको हो ।यसै गरी भियतनाममा २ जनामा संक्रमण भेटिएको हो । यसै गरी जर्मनीमा पनि एक जनामा संक्रमण पाईएको बताइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस