कोरोना भाइरस संक्रमित ११५ विरामी उपचार पछि ठिक भएर घर फर्के

कोरोना भाइरस संक्रमणबाट विरामी भएका ११५ जना ठिक भएर घर फर्केका छन् । चीनमा महामारीको रुपमा फैलँदै गरेको नोवल कोरोना भाइरसका संक्रमण भएका मध्ये ११५ जना उपचार पछि घर फर्केका हुन् । हाल सम्म चीनमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६०७८ पुगेको छ । भाइरस संक्रमित मध्ये हाल सम्म १३२ जनाले ज्यान गुमाएका छन् । हिजो सम्म १०६ जनाको मृत्यु भएकोमा थप २६ जनाको ज्यान गए पछि प्राणघातक नोवल कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १३२ पुगेको हो । चीन संगै कोरोना भाइरसको संक्रमण १५ देशमा फैलिएको छ ।
कोरोना भाइरसको संक्रमण श्रीलंका,कम्बोडिया,नेपाल, थाईल्याण्ड,अमेरिकामा, जापानमा , दक्षिण कोरिया, मलेसिया, फ्रान्स,अष्ट्रेलिया, क्यानडा, सिंगापुर,भियतनाम र जर्मनीमा समेत फैलिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस